News एन्फाले ल्यायो दर्शक तान्ने उपहार योजना
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहिद स्मार ए डिभिजन लिगमा दर्शकहरुलाई रंगशालासम्म आकर्षित गर्न विभिन्न उपहार योजना ल्याएको छ ।

एन्फाका अनुसार दर्शकहरुलाई खेलमैदान सम्मै आकर्षित गर्ने उद्देश्यका साथ आकर्षक पुरस्कारको घोषणा गरेको छ । एन्फाको उपहार योजना अन्तरगत लिगको प्रत्येक चरणको अन्तिममा २०० को टिकट काट्ने दर्शकहरु मध्येबाछ २० जनालाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

त्यस्तै ५०० दरको टिकट काट्ने दर्शकहरु मध्येबाट पाँच जनालाई राष्ट्रिय फुटबल टोलीको जर्सीको प्रदान गरिने एन्फाले जनाएको छ । यो उपहार योजनासँगै लिगको १३औं चरणको खेलहरु समाप्त हुँदासम्म कुल २७५ दर्शकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।

त्यति मात्र नभएर एन्फाले लिगको समापन पश्चात् २०० र ५०० दरका टिकट काट्ने दर्शकहरु मध्येबाट एक जनालाई राष्ट्रिय फुटबल टोलीसँगै विदेश भ्रमणमा लैजाने समेत बताएको छ । साथै एन्फाले भाग्यशाली दर्शकहरुलाई निःशुल्क फिफा विश्वकप छनौट हेर्ने अवसर प्रदान गर्ने समेत बताएको छ ।

स्मरण रहोस, हाल जारी लिग दैनिक रुपमा र कार्यालय समयमा आयोजना गरिएको भन्दै एन्फाको निकै आलोचना समेत भईरहेको छ ।

Post Comments