News यस्ता छन् फु्टसल लिगका बेस्टहरु
उमेश पुन

पोखरा । शुक्रबार सम्पन्न नेशनल फुटसल लिगको उपाधि जितेको घरेलु टोली स्पोर्टस क्यासलले व्यक्तिगत विधातर्फ पनि आफ्नै वर्चश्व कायम राख्यो ।

फाइनलमा शंखमुललाई ४–२ ले हराउँदै फुटसल च्याम्पियन बनेको स्पोर्टस क्यासलका समग्रमा चार सदस्य उत्कृष्ट ठहरिए । फाइनल खेलको म्यान अफ द म्याच स्पोर्टस क्यासलका किशोर गुरुङ चुनिए । त्यसवापत उनले ट्रफी र पाँच हजार हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक शंखमुलका अनिष श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फिक्सो फुटसल फाईभका बिजय श्रेष्ठ चुनिए । उत्कृष्ट एएलए शंखमुलका मणि लामा घोषित हुँदा इमर्जिङ प्लेयरको पुरस्कार स्पोर्टस क्यासल कै सुमित श्रेष्ठले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि स्पोर्टस क्यासल कै बिष्णु गुरुङ घोषित भए । लिग अवधिभर १८ गोल गरेका अविनाश तामाङ सर्वाधिक गोलकर्ता बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार हात पारे ।

Post Comments