News बुढानिलकण्ठ नगरकपमा चार खेलहरु सम्पन्न
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप नकआउट फुटबल प्रतियोगितामा चार खेलहर सम्पन्न भएका छन् । बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा पहिलो खेलमा नेपाली युवा क्लबले स्तुपा ब्वाईजलाई ३–२ ले हरायो । खेलमा ह्याट्रिक गरेका सुवास गिरी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा शिवपुरी नव जागृती क्लबले सिमली युवा क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो । खेलमा शिवपुरीका सुवाष ठकुरी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन शिवपुरी युवा क्लबले टुपेक क्लबलाई २–० ले पराजित गर्न सफल भयो । उक्त खेलमा क्षितिज खड्का म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै चौथो तथा अन्तिम खेलमा अन्तिम खेलमा टिम ग्रिनले तौलुङ स्पोर्टस एकेडेमीलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्यो । खेलमा अमृत श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

बुढानिलकण्ठ युवा समाजको आयोजनामा यहि असोज २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानिय १९ वटा क्लबहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक कमिटिका अध्यक्ष प्रज्ञान ठकुरीले बताए ।

Post Comments