काठमाडौं । नेपालको घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा रोहित चन्दको नाम त्यति नौलो अब रहेन । उनै रोहितले बुधबार साफ च्याम्पियनपिसपमा बंगलादेश विरुद्ध एउटा विशेष उपलब्धी हासिल गर्न सफल भए ।
बंगलादेश विरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक म्याच खेल्ने उनी संयूक्त रुपमा दोस्रो खेलाडी बने । र पूर्व कप्तान बिराज महर्जनको ७३औं अन्तर्राष्ट्रिय क्यापको बराबरी गर्न पनि सफल भए ।
संयोग कस्तो भन्दा रोहितले देशका लागि ७३औं म्याच खेलेकै दिन उनी बंगलादेश विरुद्धको खेलमा म्यान अफ द म्याच समेत चुनिएका थिए । त्यो खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा पुग्न सफल भएको थियो ।
उता अब नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाडीमा अहिलेका नियमित कप्तान तथा गोलरक्षक किरन चेम्जोङ छन् । उनले हालसम्म नेपालका लागि कुल ७८ अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।
स्मरण रहोस, नेपालले हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ । फाइनल खेल यहि अक्टुबर १६ तारीख (शनिबार) का दिन हुँदैछ । जुन खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै