काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपमा ऐतिहासिक रुपमा पहिलोपटक नेपाललाई फाइनल पुर्याउन अहम भूमिका खेलेका अन्जन बिष्टले भारत विरुद्धको फाइनल भने खेल्न नपाउने भएका छन् ।
लिग चरणका दुई खेलहरुमा पहेंलो कार्डको सामना गरेपछि अन्जनको ऐतिहासिक फाइनल खेल्ने सपना निराशामा बदलिएको हो । स्मरण रहोस, बुधबार निर्णायक मानिएको बंगलादेश विरुद्धको खेलमा अन्जनले पहेंलो कार्डको सामना गरेका थिए । त्यो खेलमा अन्जन कै पेनाल्टी गोलमा नेपालले १–१ को बराबरी खेल्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।
यद्यपि त्यसअघिको खेलमा पनि अन्जनले पहेंलो कार्डको सामना गरेकाले उनी फाइनल खेल्नबाट बञ्चित भएका हुन् । टिममा उनको अनुपस्थितिले पक्कै पनि असर गर्ने धेरैको बुझाई छ । प्रतियोगितामा अन्जनले हालसम्म दुई गोल गरिसकेका छन् । र सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भारतका सुनिल क्षेत्रीभन्दा पछाडी छन् । सुनिलले कुल ४ गोल गरिसकेका छन् ।
नेपालले यहि शनिबारका दिन भारतसँग फाइनल खेल्दैछ । लिग चरणको खेलमा भारतसँगै १–० ले पराजित भएको नेपाललाई फाइनलमा त्यो हारको बदला लिने अवसर पनि हुनेछ । फाइनल खेल माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै