
काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा पुगेर २८ बर्षपछि इतिहास रच्न सफल भएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय टोलीका खेलाडीहरुलाई जनही ५–५ लाख दिने घोषणा गरेको हो । त्यस्तै टोलीका प्रशिक्षकहरुलाई नगद ३–३ लाख दिइने मन्त्री परिषदले निर्णय गरेको छ ।
सोमबार नै स्वदेश फर्किएको नेपाली फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री, एन्फा पदाधिकारी तथा फुटबल समर्थकहरुले भव्य स्वागत गरेका थिए ।
फाइनलमा चुकेको थियो नेपाल
स्मरण रहोस, माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग ३–० ले पराजित हुँदै अर्को ऐतिहासिक सफलता हात पार्नबाट चुकेको थियो ।
समूह चरणमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग बराबरी खेल्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको थियो । त्यस्तै समूह चरणमा भारतसँग पराजित नेपालले फाइनलमा पनि हारको सामना गर्नुपर्दा निराश बन्न पुगेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय