काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा पुगेर २८ बर्षपछि इतिहास रच्न सफल भएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय टोलीका खेलाडीहरुलाई जनही ५–५ लाख दिने घोषणा गरेको हो । त्यस्तै टोलीका प्रशिक्षकहरुलाई नगद ३–३ लाख दिइने मन्त्री परिषदले निर्णय गरेको छ ।
सोमबार नै स्वदेश फर्किएको नेपाली फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री, एन्फा पदाधिकारी तथा फुटबल समर्थकहरुले भव्य स्वागत गरेका थिए ।
फाइनलमा चुकेको थियो नेपाल
स्मरण रहोस, माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग ३–० ले पराजित हुँदै अर्को ऐतिहासिक सफलता हात पार्नबाट चुकेको थियो ।
समूह चरणमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग बराबरी खेल्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको थियो । त्यस्तै समूह चरणमा भारतसँग पराजित नेपालले फाइनलमा पनि हारको सामना गर्नुपर्दा निराश बन्न पुगेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै