
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटकै तयारीमा रहेको इण्डोनेसिया यु–२३ फुटबल टोलीले ताजिकिस्तानलाई २–१ ले हराउँदै प्रतियोगिता अघि राम्रो लयमा रहेको संकेत देखाएको छ ।
एएफसी यु–२३ एसियन कप छनौट खेल्न ताजिकिस्तानतर्फ प्रस्थान गरिसकेको नेपाली यु–२३ फुटबल टोलीले समूह बी मा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ ।
यद्यपि छनौट प्रतियोगिता खेल्नु अघि नेपालले यहि शुक्रबार इण्डोनेसियासँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । सोही इण्डोनेसियाले नेपाल कै समूहमा रहेको आयोजक ताजिकिस्तानलाई मंगलबार २–१ ले हराएको हो ।
दुशान्बेमा सम्पन्न खेलमा ताजिकिस्तानले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेल शुरु भएको पाँचौं मिनटमै शेरवोनी मबतशोवले ताजिकिस्तानलाई खेलमा अग्रता दिलाएका थिए ।
तर रोमाञ्चक पूनःरागमन गरेको इण्डोनेसियाका लागि ३५औं मिनटमा हानिस पुत्राले बराबरी गोल फर्काएका थिए भने ६४औं मिनटमा अमिरुद्दिन कफीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
स्मरण रहोस, छनौट प्रतियोगिताको समूह जी मा रहेको इण्डोनेसियाले बलियो अष्ट्रेलियासँग खेल्ने कार्यक्रम छ । जुन खेल ताजिकिस्तान मै हुनेछ । समूहमा जी मा रहेका अन्य दुई टोली चीन र ब्रुनेईले नाम फिर्ता लिएपछि इण्डोनेसिया र अष्ट्रेलिया मात्र रहेका हुन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै