News महिला लिग छनौट शुरु, पहिलो दिन नै गोलको बर्षा
गोलनेपाल

काठमाडौं । बिहीबारदेखि शुरु उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको पहिलो दिन नै गोलको बर्षा भएको छ । पहिलो दिन सम्पन्न तीन खेलहरुमा बागमती नगरपालिका, कनकाई नगरपालिका र कालिका नगरपालिकाले आ–आफ्नो खेलमा फराकिलो जित दर्ता गरेका हुन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह ए तर्फको पहिलो खेलमा बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को अन्तरले हरायो । त्यस्तै समूह ए कै दोस्रो खेलमा कनकाई नगरपालिकाले गोदावरी नगरपालिकामाथि १२–० को फराकिलो जित हात पार्यो ।

त्यस्तै बिहीबार नै भएको समूह बी तर्फको पहिलो तथा दिनको अन्तिम खेलमा कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० को भारी अन्तरले हरायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगितामा देशभरिका कुल ३१ टोलीहरुले सहभागिता जनाईरहेका छन् । सहभागि टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments