News चौथो अन्तराष्ट्रिय बेलवारीमा गोल्डकप कार्तिक ११ देखि
गोपाल काफ्ले

बेलबारीको लक्ष्मिमार्गमा चौथो लक्ष्मिमार्ग गोल्डकप हुने भएको छ । राष्ट्रिय लिग, मैत्रिपुर्ण खेल लगायत राष्ट्रिय खेलाडीहरु ल्याएर फुटवल खेलाउन सफल भएको आयोजक डाँगिहाट युथ क्लब लक्ष्मिमार्गले चौथो संस्करण कार्तिक ११ देखि १७ सम्म संचालन गर्ने भएको छ ।

फुटवलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक विकासका गर्ने उदेश्यका साथ आयोजक डाँगिहाट युथ क्लबले पत्रकार सम्मेलन गरि ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने जानकारी दिएको हो ।

कात्तिक ११ गतेदेखि सञ्चालन हुने प्रतियोगितमा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टीमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफि प्राप्त गर्ने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार पाँच सय प्राप्त गर्ने छन भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्ड फिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनहि ११÷११ हजार रूपैयाँ पुरस्कार पाउने छन् ।

 प्रतियोगिताको अनुमानित ४५ लाख आम्दानी र ४० लाख खर्च हुने आयोजकको भनाई छ । प्रतियोगिता एन्फाको नियम अनुसार राष्ट्रिय मापदण्डमा खेलाइने भएका कारण खेलाडीलाई रात्रिकालीन यातायात खर्च दुईतर्फी रूपमा व्यवस्था गरिने छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने उनले अयखभेजकले बताए ।

सशस्त्र प्रहरी बल काठमाण्डौ, हिमालय शेर्पा क्लब काठमाण्डौं, च्यासल क्लब काठमाण्डौ, आयोजक डाँगीहाट युथ क्लब मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा, रोयल फुटबल क्लव, सिलिगुडी (भारत) रहका छन् ।

प्रतियोगिता बेलबरी नगरपालिका स्थित लक्ष्मिमार्ग रंगशालामा संचालन हुने छ । १० हजार दर्शक क्षमता रहेको रंगशालाको सम्पुर्ण तयारी पुरा भएको क्लबका सदस्य एवं सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराए ।

Post Comments