News अञ्जन विष्टलाई हेटौंडामा २५ हजार नगद सहित सम्मान
बिक्रम बानियाँ क्षेत्री

नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई शनिवार हेटौंडामा २५ हजार नगद सहित सम्मान गरेको छ ।

गत हप्ता माल्दिभ्समा सम्पन्न १३ औ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलोपटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै अञ्जनलाई सम्मान गरिएको हो ।

संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं बागमती प्रदेशका संसदीय दलका नेता इनद्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा रहेको थियो ।

Post Comments