News सहज जितका साथ टेन नवोदय सेमिफाइनलमा
गोलनेपाल

केराबारी । सहज जित निकाल्दै टेन नवोदय फुटबल क्लब यहाँ जारी प्रथम स्व. राजु सोदेन स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ बिराटनगर स्पोर्टस एकेडेमीलाई ५–० को फराकिलो अन्तरले हराएपछि टेन नवोदयको सेमिफाइनल यात्रा सुनिश्चित बनेको हो ।

प्रस्तावित केराबारी रंगशालामा भएको खेलमा टेन नवोदयका लागि सनम भुजेलले दुई गोल गरे भने मार्टिन, हेनरी र सनम तामाङले १–१ गोल गरे । टेन नवोदयका मार्टिन म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत कार्तिक १० गते बुधबारको खेल आयोजक केराबारी फुटबल क्लब र फेयर फुटबल क्लब, धरानबीच हुने आयोजकले जनाएको छ ।

यहि कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments