News पिट्सबर्ग च्यालेन्ज कपको उद्घाटन खेलमा भाउन्ने विजयी
गोपाल काफ्ले

अमेरीका बासी नेपाली भाषीहरुको सहयोगमा मोरङको पथरी शनिश्चरेमा सुरु भएको पिट्सबर्ग च्यालेन्ज कपको उद्घाटन खेलमा भाउन्ने विजयी भएको छ । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेको खेल मैदान सुरु भएकोे प्रतियोगिताको उद्घाटन खेलमा शिवसतासी झापालाई १ का विरुद्ध २ गोल गर्दै भाउन्नेले दोस्रो चरणमा प्रबेश गरेको हो ।

भाउन्नेको जितमा २ गोल नै सन्तोस न्यौपानेले गरेका थिए । सन्तोषले खेलको २१ औं र ५५ मिनेटमा गोल गर्दै भाउन्नेलाई विजयी गराएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा शिवसतासी झापाले १ गोल गरे पनि हार टार्न सकेन । शिवसतासी झापाका लागि २७ औं मिनेटमा मनिष लिम्बुले गोल गर्दै बराबरी वनाए पनि दोस्रो हाफमा डिफन्स लाईन कम्जोरी हुदा गोल खान पुग्यो ।

खेलको म्यान अफ दी म्याच भाउन्नेका २ गोलकर्ता सन्तोष न्यौपाने घोषित हुदै नगद २५ सय प्राप्त गरे । उनलाई अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लवका सदस्य अर्जुन क्षेत्रिले पुरस्कार प्रदान गरेका छन । भोलिको खेल विराटनगर फुटवल क्लव र भुटानी ब्वाइज क्लवका विच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगिताकोे उद्घाटन पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टले गर्नु भएको छ । उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख बिष्टले नगरको चाहाना खेलकुदको माध्यमबाट नगरका युवाहरुले आफ्नो पहिचान बनाउन सकुन भन्ने उदेश्यका साथ १० वडामा खेल मैदान अभियानमा नगर रहेको बताउनु भयो ।

प्रतियोगिता अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लवको आयोजनामा सुरु भएको छ भने प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकामा रहेको मेघ सुबेदीको कम्पनी सिजल सिस्टरले गरेको छ ।

प्रतियोगितामा शिवशताक्षी झापा, भाउन्ने मोरङ, लेटाङ फुटवल क्लव लेटाङ, पथरी शनिश्चरे फुटबल क्लव पथरी, बिराटनगर फुटबल क्लव बिराटनगर, भुटानी ब्वाइज क्लब, बेलबारी फुटबल क्लव, प्रतिभा समाज सुधार युवा क्लव दमक एफ सि झापा र राष्ट्रिय जागृति फुटबल क्लव सुनसरी बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा बिधागत पुरस्कारतर्फ उत्कृष्ट गोल किपर, डिफेन्डर, मिड फिल्डर, फर्वाड, कोच र उच्च गोल कर्ताले जनही ५÷५ हजार प्राप्त गर्ने छन भने सर्वोकृष्ट खेलाडीले नगद १० हजार र प्रत्येक खेलको म्यन अफ द म्याचले जनही २ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सदस्य बिक्की राईले जानकारी दिएका छन ।

Post Comments