News महाराजथान र सगरमाथा क्वाटरफाइनलमा
गोलनेपाल

कपरसुका । महाराजथान फुटबल क्लब र सगरमाथा युवा क्लब यहाँ जारी कपरसुका च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

श्री हिमालय आधारभुत विद्यालयको खेलमैदानमा भएको पहिलो खेलमा महाराजथानले गोर्खाली युनाइटेडलाई ४–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । महाराजथानको जितमा संजय धिमालले २ गोल गरे भने बिनोद धिमाल र अविनाश राईले १–१ गोल गरे । खेलको मयान अफ द म्याच विजेता टोलीकै बिनोद धिमाले घोषित भए ।

त्यसैगरि दोस्रो खेलमा सगरमाथाले द चार्ज युथ युनिटीलाई ३–० ले हरायो । सगरमाथाको जितमा अभिषेक नेपालले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गर्दै टोलीलाई अन्तिम आठमा पुर्याउन अहम भूमिका खेले ।

प्रतियोगिता अन्तरगत कार्तिक १३ गते शनिबारको पहिलो खेल संघर्षशील युवा क्लब र अमरदह युवा क्लबबीच हुनेछ भने दोस्रो खेलमा जानकी युवा क्लब र न्यु शिवालय स्र्पोटिङ क्लब भिड्ने छन् ।

विरानमाई युवा समाज, रतुवामाई–६ कपरसुकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ९ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १९ गतेका दिन हुनेछ ।

Post Comments