News शानदार जितका साथ शेर्पा सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । शानदार जित हात पार्दै हिमालयन शेर्पा क्लब यहाँ जारी चौथो बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ शेर्पाले गाईघाट फुटबल क्लब, उदयपुरलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

लक्ष्मीमार्ग रंगशालामा सम्पन्न खेलमा शेर्पाका लागि १९औं मिनटमा मनिष थापाले पहिलो गोल गरेका थिए । ५५औं मिनटमा सेबि गुरुङले त्यो अग्रता दोब्बर पारे भने ७१औं मिनटमा विश्वास श्रेष्ठले फ्रिकिक मार्फत सुन्दर गोल गर्दै शेर्पाको जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा काठमाण्डौका विशन गुरुङ घोषित भए । गुरुङलाई कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले नगद ५ हजार ५ सय र ट्रफी सहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक १४ गते आइतबारको अन्तिम क्वाटरफाइनल खेल रारा फुटवल क्लब राजारानी र आयोजक डाँगीहाट युथ क्लब बेलबारी बिच हुनेछ ।

डाँगीहाट युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कातिृक १७ गतेका दिन हुनेछ ।

 

Post Comments