News रारा एफसीलाई पाख्रीबास कपको उपाधि
गोलनेपाल

पाख्रीबास । प्रथम पाख्रीबास नकआउट फुटबल प्रतियोगिताको उपाधि रारा फुटबल क्लबले जितेको छ । पाख्रीबास नगरपालिका–४ स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनलमा राराले साँगुरीगढी एफसीलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच रारा एफसीका रबिन लिम्बु घोषित भए । उनले पुरस्कार वापत ट्रफी र २५ सय हात पारे । विजेता बनेको रारा एफसीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता साँगुरीगढीले ५० हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रारा एफसीका बिरेन लिम्बु घोषित भए । त्यसबापत उनले ट्रफी सहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पनि रारा एफसी कै क्रमशः उज्ज्वल लिम्बु र नरेन्द्र बिक बने । दुवै जनही ३–३ हजार र ट्रफी हात पारे ।

युथ युनाइटेड परिवार, पाख्रीबासको आयोजनामा कार्तिक १० गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments