News जहदा भेट्रान्सको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान्स विजयी
गोपाल काफ्ले

मोरङको कानेपोखरी गाउँपालिका जहदामा सुरु भएको जहदा भेट्रानस गोल्डकपको उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस सुनसरी विजयी भएको छ । एभरेष्ट भेट्रान्स मोरङलाई ट्राइबेकरमा २–४ गोल अन्तरले पराजित गर्दै धरान भेट्रान्स विजयी भएको हो ।

निधारित समय १÷१ गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफको २ मिनेटमै धरान भेट्रान्स का लागि जनक सुनुवारले गोल गर्दै अग्रता लिएका थिए । खेलमा धरान भेट्रनसले अग्रता लिए पनि जितका लागि टाईब्रेकरसम्म कुर्नु परेको थियो । एभरेष्ट भेट्रानसका भुवन सिह राईले दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

टाईब्रेकरमा धरान भेट्रानका सुमन केसी, जनकराज सुनार, तिर्थराज मगर र योगेन्द्र राईले गोल गरे भने एभरेष्टका लागि प्रेम घिमिरे, डिल्लिराम श्रेष्टले गोल गर्दा भुवन सिह राई र बद्रि विष्टको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रान्सका जनक सुनुर घोषित हुदै नगद १५ सय प्राप्त गरे । भोलि सोमाबारको खेल आयोजक जहदा भेट्रान्स जहदा र मनिङ भेट्रान्स विराटनगर विच हुने खेल संयोजक डेनि राईले जानकारी दिए ।

जहदा भेट्रानस जहदाको आयोजनामा सुरु भएको भेट्रानस गोल्डकपमा मोरङ, झापा र सुनसरीका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलिले नगद १ लाखका साथ ट्रर्फि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप विजेता हुने टोलिले नगद ५१ लाखका साथ ट्रर्फि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

जहदा रंगशालामा कार्तिक २८ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का संसद सुयर्माराज राईले गर्नु भएको छ । । नव प्रगतिशिल समाज सेवा क्लव संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नमस्ते टेडर्स मकाउका किरण श्रेष्ठ गरेका छन भने सह–प्रायोजक लुम्बिनी रेष्टुरेन्ट एण्डबार साउथ कोरियाकी परि गुरुङ र कानेपोखरी गाउँपालिका कानेपोखरीले रहेको छ ।

Post Comments