News दिनेश निर्णायक बन्दा फिदिम सेमिफाइनलमा
गोलनेपाल

माङ्सेबुङ । साँघुरो जित निकाल्दै फिदिम स्र्पोटिङ क्लब यहाँ जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा फिदिमले झापा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । आत्मानन्द खेलमैदानमा भएको खेलमा फिदिमका लागि ५५औं मिनटमा दिनेश लिम्बुले एक मात्र निर्णाक गोल गरे ।

निर्णायक गोलकर्ता दिनेश नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत एक हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १४ मंगलबारको अन्तिम क्वाटरफाइनल खेल साविक विजेता मनोभञ्ज्याङ एफसी, दार्जिलिङ (भारत) र श्रीजंगा स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ इलामको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।

 

Post Comments