माङ्सेबुङ । आत्मानन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको १४औं संस्करणको उपाधि घरेलु टोली माङ्सेबुङ गाउँपालिका खेलकुद विकास समितिले जितेको छ ।
शुक्रबार आत्मानन्द खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा माङ्सेबुङले एक खेलाडी गुमाउनुका बावजुद बिबिएफसी, दमक झापालाई सडन डेथमा हराएर उपाधि माथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा माङ्सेबुङका गोलरक्षक आयुष लिम्बुले रातो कार्ड खाँदै मैदान छाडे तापनि घरेलु टोलीले झापाली टोलीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा भने माङ्सेबुङ विजयी बन्न सफल भयो ।
रातो कार्ड खानुका बावजुद प्रतियोगिताको उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष लिम्बु चनिए । उत्कृष्ट डिफेन्डर पनि माङ्सेबुङकै रोनिस राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार बिबिएफसीका किस्मत लिम्बुले हात पारे भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी माङ्सेबुङका प्रबिन लिम्बु घोषित भए ।
विजेता बनेको माङ्सेबुङले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्यो भने उपविजेता बिबिएफसीले २ लाख १६८ रुपैयाँमा चित्त बुझायो ।
किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औं जन्मोत्सवको अवसरमा आत्मा पवित्र हक्चात यक्चुम, माङ्सेबुङ, इलामको आयोजनामा गत मंसिर ११ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरि कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा इलाम फुटबल संघको पनि प्राविधिक सहयोग रहेको थियो ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने