News वार्ड नम्बर ५ उपाधि नजिक
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जित हात पार्दै वार्ड नम्बर ५ यहाँ जारी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा वार्ड नम्बर २० लाई सडन डेथमा ५–४ ले हराउँदै वार्ड नम्बर ५ उपाधि नजिक पुगेको हो । त्यसअघि इटहरी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ३०औं मिनटमा जोशन राईको गोलबाट वार्ड नम्बर ५ ले खेलमा अग्रता लिएको थियो । तर ६०औं मिनटमा सुमन लिम्बुले वार्ड नम्बर २० का लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेलमा विपक्षीका दुई पेनाल्टी प्रहार जोगाएका वार्ड नम्बर ५ का गोलरक्षक दिपेश चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई इटहरी उपमहानगरपालिकाका अधिकृत संजिव कुमार खड्काले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर १८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ३ र १६ बीच हुने आयोजकले जानकारी दियो । इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

 

Post Comments