News आयोजक युनिकलाई फुटसल उपाधि
सुरज राना मगर

तिलोत्तमा । प्रथम युनिक नकआउट फुटसल प्रतियोगिताको उपाधि आयोजक युनिक फुटसलले नै जितेको छ । फाइनलमा तिलोत्तमा क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै युनिक च्याम्पियन बनेको हो ।

त्यसअघि तिलोत्तमा–५ मणिग्राम स्थित युनिक फुटसल एरिनामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । पेनाल्टीमा भने तिलोत्तमा चुक्न पुग्यो ।

विजेता बनेको युनिकले उपाधिसहित ५० हजार हात पार्यो भने उपविजेता तिलोत्तमाले २५ हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युनिकका सेठ परियार घोषित भने उत्कृष्ट गोलरक्षक पनि आयोजक कै अंकित सुबेदी चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने डिएमसीका सक्षम शाहीले हात पारे ।

विजयी खेलाडीहरुलाई रुपन्देही जिल्ला फुटबल र लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन, युनिक फुटसलका अध्यक्ष रमेश डुम्रे लगायतले पुरस्कृत गरेका थिए । युनिक फुटसलको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments