News कामना सेवा फुटसल हुने
गोलनेपाल

काठमाडौं । कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक तथा विभिन्न वित्तिय संस्थाको सहभागिता रहने प्रतियोगिता पुसको ९ र १० गते सञ्चालन हुने भएको हो ।

एक कार्यक्रमकाबीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक घोषणा गरेका थिए ।

बैंकका बोर्ड सदस्य सुबेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेल मैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताए ।

सिईयो बस्नेतले कर्पोरेट क्षेत्र भित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मदत गर्ने बताए । उनले बैंक तथा वित्तिय संस्था बीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्न समेत यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गरे ।

प्रतियोगितामा बैंक तथा इन्स्योरेन्स गरि १५ बढी टिमले सहभागीता जनाउने छन् । लिग कम नक आउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाडौंको कालोपुलस्थित धन्यन्तरी फुटसल हुनेछ ।

कामना सेवाका ब्राण्डिङ अफिसर प्रशन्न श्रेष्ठले पुस २ गतेसम्म सहभागी हुन इच्छुक संस्थाले टिम दर्ता गर्न सक्ने बताए । उनले पहिलो आउने टिमलाई दर्ता प्रक्रियामा प्राथमिकतामा राखिने उल्लेख गरे ।

 

Post Comments