News
बराह च्यालेञ्ज कपमा सप्तकोशीको विजयी शुरुवात

बराहक्षेत्र । बिहीबारदेखि शुरु प्रथम बराह च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा सप्तकोशी एफसीले विजयी शुरुवात गरेको छ । हाटखोला स्थित बाइसबिघे खेलमैदानमा भएको उद्घाटन खेलमा सप्तकोशीले चतरा एफसीलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
सप्तकोशीको जितमा खेलको ३५औं मिनटमा भिम बिक तथा लगतै ३७औं मिनटमा राम शाहीले गोल गरेका थिए । उता पराजित चतराका लागि दिवस लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा सप्तकोशीका राम शाही म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी प्राप्त गरे ।
हाटखोला फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments