News सुनवलसँग डि युनिटी निराश
सुरज राना मगर

देवदह । झिनो अन्तरको जितका साथ सुनवल ब्रदर्श जारी तेस्रो मैत्री कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ सुनवलले डि युनिटीलाई १–० ले हराउँदै क्वाटरफाइनलमा यात्रा तय गरेको हो ।

सुनवललाई जित दिलाउन विपक्षीको आत्मघाती गोल निर्णायक बन्यो । प्रगति माविको खेलमैदानमा सम्पन्न खेलमा डि युनिटीका डिफेन्डर सागर कुमालले गरेको आत्मघाती गोल नै सुनवललाई जित दिलाउन निर्णायक गोल बनेको हो ।

प्रतियोगिता अन्तरगत मंसिर २५ गते शनिबारको खेल शिवपुर एफसी र आयोजक मैत्री युवा क्लब (ए) बीच हुने आयोजक क्लबका अध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए ।

मैत्री युवा क्लब, देवदह रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

 

Post Comments