News सहलेसलाई कमलाखोज गोल्डकपको उपाधि
गोलनेपाल

सिन्धुली । कमलाखोज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लबले जितको छ ।

शुक्रबार भएको उपाधि भिडन्तमा सहलेशले चारनाथ युवा क्लबलाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सहलेशको जितमा रोमियो र ओम सिंहले गोल गरे ।

विजेता बनेको सहलेशले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चरनाथले १ लाखमा चित्त बुझायो ।

उमेश कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक दिलमणि चौधरी घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार रोशन अधिकारीले हात पारे ।

नमुना जनउत्थान क्लब, डकाह, सिन्धुलीको आयोजनामा मंसिर १७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments