News सुनौलो संगमको चौथो जित
सुरज राना मगर

बुटवल । उपाधिको बलियो प्रत्याशीका रुपमा उभिएको सुनौलो संगम युवा क्लबले जारी रुपन्देही जिल्ला लिगमा चौथो जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

बिहीबार बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको एक मात्र खेलमा सुनौलो संगमयले डिएमसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लिगमा चौथो जित दर्ता गरेको हो । सुनौलो संगमका लागि रबिन्द्र थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता थापा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको सुनौलो संगम दोस्रो स्थानमा उक्लेको छ । समान १३ अंक भएको गोर्खा ब्वाईज स्पोर्टस क्लब शिर्ष स्थानमा छ । यद्यपि गोर्खा ब्वाईजले एक खेल कम खेलेको छ । उता पराजित डिएमसी भने ६ खेलबाट ४ अंक जोड्दै नवौं स्थानमा छ । र रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।

लिगमा कुल १० टोलीहरु सहभागि छन् । राउण्ड रोबिनका आधारमा हुने लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । लिग विेजताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

Post Comments