News मनाङ पुलिससँग भिड्दै, दुबै टिमको जित्ने दाबी
उमेश पुन

सहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको पाँचौं चरणको खेल भोलि पोखरा रंगशालामा हुँदैछ ।

पोखरामा पहिलोपटक हुन लागेको खेलमा भोलि विभागीय टिम नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब मैदानमा भिड्दै छन् । शुक्रबार प्रि म्याच कन्फ्रेन्समा दुबै टिम उत्कृष्ट नतिजामा आउनेमा विश्वस्त सुनिन्छन् ।

नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले जित्नकै लागि खेल खेल्न आइपुगेको बताए ।

'हामी जित्नको लागि खेल्दै छौँ मनाङ विरुद्धको खेलमा हाम्रो तयारी राम्रो छ,'। 'मनाङसंगको खेल चुनौतिपुर्ण हुन्छ तर हामी पनि केही राम्रो गरेर जान्छौं थापाले भने ।

यता घरेलु मैदानमा भिड्न लागेको मनाङ पनि पुलिस विरुद्धको खेलमा जित निकाल्न तयार छ । टिमका प्रशिक्षक राजेन्द्र तामाङ घरेलु मैदानबाट मनाङ निराश भएर नफर्किने बताउँछन् ।

'जित हासिल गर्न राम्रो प्लान गरेका छौँ यो हाम्रो लागि होम ग्राउन्ड पनि हो । पोखरेलिको साथ उत्तिकै हुन्छ,' तामाङले भने,' हामी दर्शकको मन जितेर जान्छौं ।'

खेल भोलि शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुँदै छ ।

शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको तिनवटा खेल पोखरा रंगशालामा हुन लागेको हो । ३, ११ र २४ पुषमा पोखरामा लिगका तीन खेल हुँदै छन् ।

Post Comments