News संकटासँग अंक बाँड्न बाध्य मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । निराशाजनक बराबरीमा रोकिएपछि साविक विजेता मच्छिन्द्र फुटबल क्लबलेले शुक्रबार ए डिभिजन लिगमा स्पष्ट अग्रता बनाउनबाट चुकेको छ ।

दशरथ रंगशालामा भएको पाँचौं चरणको दोस्रो खेलमा मच्छिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । दोस्रो हाफमा मच्छिन्द्रले गरेको गोललाई अफसाईड दिनु टोलीका लागि दुर्भाग्यपुर्ण रह्यो ।

खेलमा संकटाका कप्तान रवी रावल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै बराबरी खेले वापत दुवै टोलीले २५–२५ हजार पनि प्राप्त गरे ।

यो नतिजापछि ५ खेलबाट ११ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थान मै छ । यद्यपि दोस्रो स्थानमा रहेको मनाङले शनिबार पोखरामा हुने खेलमा पुलिस क्लबलाई हराउन सके शिर्ष स्थान कब्जा गर्नेछ । उता संकटा भने ९ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments