अत्तरिया । यहाँ जारी सुदुरपश्चिम राजधानी कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा रोयल गोर्खाजले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोदावरी नगरपालिका–८ स्थित शिवशक्ति क्लबको खेलमैदानमा भएको खेलमा रोयलले गौरीगंगा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
रोयलका लागि कान्ती पातलीले एक मात्र निर्णायक गोल गरिन् । खेलको प्लेयर अफ द म्याच भने रोयल कै अञ्जली चन्द घोषित भईन् । त्यसवापत उनले नगद ३ हजार प्राप्त गरिन् ।
रोयलले अब सेमिफाइनलमा पौष ७ गतेका दिन अत्तरिया स्पोर्टस एकेडेमीसँग खेल्नेछ । पिएफए स्पोर्टस क्लब, अत्तरिया कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमित बरालले जानकारी दिए ।
कुल ६ टोलीहरुले सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष १० गतेका दिन हुने समेत अध्यक्ष बरालले बताए ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने