News बर्दिया जिल्ला लिग पौष १० देखि
सुरज राना मगर

स्याउली सिटी । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार हुने जिल्ला लिग फुटबल प्रतियोगिता बर्दियामा यहि पौष १० गतेदेखि शुरु हुने भएको छ ।

बढैयाताल–८ स्थित मयुर युवा क्लबको खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका कुल १२ टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा हुने छन् ।

बर्दिया जिल्ला फुटबल संघको आयोजना तथा मयुर युवा क्लब, कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह–आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments