News लिस्नु र डिएमसीको रोमाञ्चक बराबरी
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार डिएमसी र लिस्नु युवा क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा डिएमसीले दुई गोलको स्पष्ट अग्रता जोगाउन सकेन ।

डिएमसीका लागि जिवन सुवेदी र अनिल न्यौपानेले गोल गरेका थिए । त्यस्तै लिस्नुका लागि भने हिमाल थापा र मनिष पुनले गोल फर्काएका थिए । खेलमा लिस्नुका हिमाल थापा म्यान अफ द म्याच घोषित भए ।

यो नतिजापछि ७ खेलबाट ६ अंक जोडेको लिस्नु आठौं स्थानमा छ । उता डिएमसी भने ५ अंकका साथ नवौं स्थानमा छ । शिर्ष स्थानमा भने १६ अंकका साथ एक खेल कम खेलेको गोर्खा ब्वाईज स्पोर्टस क्लब रहेको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

 

Post Comments