News माडी गोल्डकप माघ पहिलो सातादेखि
गोलनेपाल


बसन्तपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन, चेतना संगठन र राष्ट्र निर्माण हो’ भन्ने मूल नाराका साथ माघ १ गतेदेखि तेस्रो माडी गोल्डकप हुने भएको छ ।

बसन्तपुर युनाइटेड, बसन्तपुर बजार, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगितामा काठमाडौं, पोखरा, झापा लगायतका विभिन्न जिल्लाका उत्कृष्ट आठ टोलीहरुको सहभागित रहने आयोजक क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिए ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्ने पनि अध्यक्ष बस्यालले बता ए ।

अध्यक्ष बस्यालका अनुसार विधागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै फेयर प्ले टिम र प्रतिभाशाली खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

युवा खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको प्रर्वद्धकमा भने चितवन जिल्ला फुटबल संघ रहेको छ । प्रतियोगिताको समापन भने माघ ८ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

Post Comments