News राष्ट्रिय महिला लिग माघ दोस्रो सातादेखि
गोलनेपाल

काठमाडौं । नेपाली महिला फुटबलको शिर्ष फुटबल प्रतियोगिता राष्ट्रिय महिला लिग माघ १५ गतेदेखि शुरु हुने अखिल नेपाल महिला फुटबल संघले पुष्टी गरेको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउने पनि संघले जानकारी दिएको छ । जसमा धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका हालै सम्पन्न राष्ट्रिय महिला लिग छनौटबाट शिर्ष लिगमा बढुवा भएका हुन् ।

त्यस्तै लिगमा सहभागिता जनाउने अन्य टोलीहरुमा साविक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, बिराटनगर महानगरपालिका, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका रहेका छन् ।

Post Comments