News कपिलवस्तु–११ फाइनलमा प्रवेश
सुरज राना मगर

मैनिया । कठिन जितका साथ कपिलवस्तु–११ यहाँ जारी प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलतर्फ कपिलवस्तुले आयोजक न्यु एभरेष्ट युवा क्लब, मैनियालाई टाईब्रेकरमा ४–१ ले हराउँदै फाइनल पुगेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा कपिलवस्तु विरुद्ध दबाब कायम गरेको आयोजकले पटक–पटकको राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः पराजय बेहोर्न पुग्यो ।

खेलमा कपिलवस्तुका गोलरक्षक दिपक राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष १७ गतेको फाइनल खेल कपिलवस्तु–११ र फर्साटिकर युवा क्लब बीच हुने प्रतियोगिता संयोजक प्रकाश हमालले जानकारी दिए ।

न्यु एभरेष्ट युवा क्लबको आयोजना तथा गैंडहवा गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Post Comments