News फेरि च्यासल फर्किए सन्तोष साहुखल
गोलनेपाल

काठमाडौं । चर्चित अनुभवी स्ट्राइकर सन्तोष साहुखल फेरि च्यासल युथ क्लबमा आवद्ध भएका छन् । सन्तोषले गत सिजन पनि च्यासल कै लागि खेलेका थिए । केही बर्ष यता जापानमा रहेर उता पनि फुटबल खेल्दै आइरहेका सन्तोषले त्यसअघि थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब जस्ता सफल क्लबहरुबाट समेत लिग खेलिसकेका छन् ।

सन्तोषलाई फेरि च्यासलमा आवद्ध भएको कुरा क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत पुष्टी गरेको छ । हाल स्टार खेलाडीहरु भित्राएर पनि राम्रो नतिजा पस्किन नसकेको च्यासल लिगतालिकाको रेलिगेशन क्षेत्रमा संघर्षरत छ । र लिगमा हालसम्म एक खेल मात्र जितेको छ ।

६ खेलबाट ४ अंक मात्र जाडेको च्यासल रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ । साथै च्यासलले साँतौं चरणको खेलतर्फ शनिबार संकटा क्लबसँग खेल्दैछ । सन्तोषको पूनःरागमनले च्यासलको अग्रपंक्ति र कमजोर प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ ।

Post Comments