News आहा! रारा गोल्डकपको तयारी तीव्र, हिमश्री कै साथ
सुदर्शन रञ्जित

पोखरा । प्रतिष्ठित २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले विषम परिस्थितिको बाबजुद पनि बर्सेनी यो प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ । यसपालिको प्रतियोगिता पनि सभ्य र भव्य रुपमा सफल पार्न विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम गरी कुल १० टिमहरुले सहभागिता जनाउँदै छन् । गत वर्षको उपाधि संकटा क्लबले जितेको थियो । फाइनलमा संकटाले अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुनलाई हराउँदै उपाधि उचालेको थियो ।

प्रतियोगितालाई हिमश्री कै साथ

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । हिमश्रीले सुरुआतदेखि नै मुख्य प्रायोजक रुपमा साथ दिंदै आएको छ ।

प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । क्लबले २०६१ सालदेखि सञ्चालन गरेको एकेडेमीमा आश्रित बालकलाई आवासीय सुविधासहित स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिने गरिन्छ । एकेडेमी पोखरा–१७, दोविल्लामा छ ।

प्रतियोगिताबाट कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार र खर्च १ करोड ६ लाख ४८ हजार हुने आयोजकको अनुमान रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, वल्र्ड लिङ्क, सिताज्, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद–प्रदेश खेलकुद परिषद् गण्डकी रअखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की,कास्की जिल्ला फुटबल संघ, सहारा युके÷सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया समेतको विशेष सहयोग छ भने संयोजन पोखरा महानगरपालिकाको रहेको छ ।

 

Post Comments