News बिमल र देवेन्द्रसहित राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३४ खेलाडी सामेल
गोलनेपाल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको प्रारम्भिक छनौटमा मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले ३४ खेलाडीहरुलाई सामेल गरेका छन् ।

जसमा लामो समयपछि बिमल घर्ती मगरले पनि स्थान बनाएका छन् । बिमलबाहेक देवेन्द्र तामाङ पनि प्रारम्भिक टोलीमा परेका छन् । यद्यपि टोलीमा बिक्रम लामा र रन्जित धिमालले भने फेरि पनि स्थान असफल भएका छन् ।

फिफाको आउँदो इन्टरनेशनल क्यालेण्डरमा नेपालल अफ्रिकी देश मौरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भईसकेको छ । सोही म्याचका लागि ३४ खेलाडीहरुको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

स्मरण रहोस, नेपालले मौरिसससँग आउँदो जनवरी २९ र १ फेब्रुअरीका दिन दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

यस्ता छन् प्रारम्भिक टोलीमा परेका खेलाडीहरुः

१) बिशाल श्रेष्ठ २) दिप कार्की ३) किरन कुमार लिम्बु ४) शत्रुघन चौधरी ५) टिकेन्द्र थापा ६) आशिष लामा ७) आयुष घलान ८) आकाश बुढा मगर ९) अनन्त तामाङ १०) अन्जन बिष्ट ११) एरिक बिष्ट, १२) बिमल घर्ती मगर १३) बिशाल राई १४) दर्शन गुरुङ १५) देवेन्द्र तामाङ १६) दिनेश हेन्जन १७) दिनेश राजवंशी १८) गौतम श्रेष्ठ १९) कमल थापा २०) कृतिश रत्न छुन्जु २१) मनिष डाँगी २२) नबिन गुरुङ २३) नितिन थापा २४) पुजन उपरकोटी २५) सन्तोष तामाङ २६) सुवास गुरुङ २७) सुदिप गुरुङ २८) सुजन श्रेष्ठ २९) सुमन अर्याल ३०) सुमन लामा ३१) सुनिल बल ३२) सुरज जिउ ठकुरी ३३) सुशिल राई ३४) तेज तामाङ

 

Post Comments