News आहा! रारा गोल्डकपमा खेल्ने टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

पोखरा । मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २०औं संस्करणमा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।

आयोजक सहारा क्लब, पोखराले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा सहभागिता जनाउने १० टोलीहरुको घोषणा गरेको हो ।

प्रतियोगितामा ए डिभिजन लिग खेलिरहेका उत्कृष्ट आठ टोलीहरु सामेल छन् । जसमा संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब रहेका छन्् ।

त्यस्तै आयोजक सहारा क्लबसागै एक विदेशी टोली बिवाईएससी, अमेरिका समेत रहेको आयोजक क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्ने पनि अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिता आउँदो माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।

Post Comments