News आर्मी फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
गोलनेपाल

धनकुटा । नेपाल आर्मी क्लब धनकुटामा जारी वाई–वाई शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार तल्लो टुंडिखेलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले रौतहट एफसीलाइ ६–० को फराकिलो अन्तरले हरायो । खेल शुरु भएको दोस्रो मिनटमै शर्मिला थापाले आर्मीका लागि पहिलो गोल गरिन् भने लगतै तेस्रो मिनटमा रश्मी घिसिङले त्यो अग्रता दोब्बर पारिन् ।

शर्मिलाले नै आर्मीका लागि २३औं मिनटमा तेस्रो गोल गरिन् भने ३४औं मिनटमा सपना लामाले चौथो गोल गरिन् । खेलमा एकपक्षीय नतिजा निकालेको आर्मीका लागि ४४औं मिनटमा बिमला चौधरीले पाँचौं तथा ७७औं मिनटमा इन्दिरा राईले छैठौं गोल गर्दै विभागीय टोलीको फराकिलो जित प क्का गरिन् ।

खेलमा वुमन अफ द म्याच आर्मीकी बिमला चौधरी घोषित भईन् । उनले पुरस्कार वापत नगद तीन हजार प्राप्त गरिन् । आर्मीले फाइनलमा पौष १८ गते शनिबार अर्को विभागीय टोली तथा दावेदार नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

Post Comments