News तेस्रो माडी गोल्डकप शुरु, लेखनाथ युनाइटेडको विजयी शुरुवात
गोलनेपाल

बसन्तुर । शनिबारदेखि शुरु तेस्रो माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा लेखनाथ युनाइटेड, कास्कीले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

उद्घाटन खेलमा नमूना जनउत्थान क्लब, सिन्धुलीलाई २–१ ले हराउँदै लेखनाथले विजयी शुरुवात गरेको हो । लेखनाथको जितमा सागर लोप्चन र सञ्जिव आलेले गोल गरे । उता पराजित नमूनाका लागि एलिस तामाङले एक मात्र गोल फर्काए ।

यो जितसँगै लेखनाथ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा लेखनाथका कुमार गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोतिा अन्तरगत माघ २ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल केबिए ग्लोबल भरतपुर एफसी, चितवन र घरेलु टोली माडी–११ बीच हुने आयोजकले जनाएको छ ।

बसन्तुपर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार पाउनेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि माघ ८ गतेका दिन हुनेछ ।

Post Comments