News बिमलको दुई गोलमा मच्छिन्द्रको शानदार जित
गोलनेपाल

काठमाडौं । बिमल घर्ती मगरले दुई गोल गरेको खेलमा लिगलिडर तथा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) माथि ४–० को एकतर्फी जित हात पारेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि खेलको ५६ र ६२औं मिनटमा बिमलले लगातार दुई गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

८४औं मिनटमा रेजिन सुब्बाले तेस्रो गोल गरे भने ९०+२औं मिनटमा अभिषेक रिजालले चौथो गोल गर्दै मच्छिन्द्रको शानदार जित पक्का गरेका थिए ।

खेलमा दुई गोल गरेका बिमल घर्ती मगर म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी पनि हात पारे ।

यो जितसँगै ९ खेलबाट २३ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली मनाङ भन्दा चार अंकले अगाडी छ । उता पराजित बीबीसी भने ६ अंकका साथ १२औं स्थानमा छ ।

 

Post Comments