News १३औं सागका स्वर्णधारी कप्तान सुजल नगद सहित सम्मानित
गोलनेपाल

धनकुटा । हालै घरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल यु–२३ टोलीलाई आफ्नो कप्तानीमा स्वर्ण जिताएका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठ सम्मानित भएका छन् ।

श्रेष्ठलाई १३औं सागमा उनले पुराएको योगदानको उच्च मुल्यांकन गर्दै नगद १ लाखका साथ एक कार्यक्रमका बीच सम्मानित गरिएको हो । सुजललाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ तथा सिडिओ डा. कृष्ण बहादुर घिमिरेले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

सो सम्मान कार्यक्रममा सुजलसँगै उनका मातापिता समेत उपस्थित थिए । सम्मान ग्रहण गरेपछि सुजलले सबैलाई धन्यवाद दिए । स्मरण रहोस, सम्मान कार्यक्रम पूर्व उनको सम्मानमा रेली समेत निकालिएको थियो ।

 

Post Comments