News फागुन दोस्रो सातादेखि अर्किड कप
गोलनेपाल

काठमाडौं । अर्किड स्कुलको आयोजनामा छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता फागुन १३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा बढीमा ३२ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ ।

सञ्चालक भुजेलले कोरोना भाइरसका कारण अधिकांस समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरुको मनोबल उच्च बनाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।

Post Comments