News तेस्रो लोक कवि अलिमिया स्मृति फुटबल फागुन २१ देखि
उमेश पुन
 
पोखरा । नेपाल मुस्लिम युवा समितिद्वारा आयोजनामा हुन गइरहेको तेस्रो लोककवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यही मिति २०७८ फागुन २१ गतेदखी २८ सम्म हुने भएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल मुस्लिम युवा समितिले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागेको हो ।
 
प्रतियोगिता पोखरा -१३ स्थित माछापोखरी खेल मैदानमा हुनेछ। युवाहरुलाई खेलकुदमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देस्यले उक्त प्रतियोगिता गर्न लागिएको संयोजक अब्बु बकर मियाँले बताए ।
 
प्रतियोगीताको विजेतालाई नगद एक लाख २५ हजार नगद सहित ट्रफि,मेडल,प्रमाण पत्र र उपविजेतालाई नगद ७५ हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ। त्यस्तै सेमीफाइनल पुग्न सफल अन्य दुई टिमलाई १०-१० हजार प्रदान गरिने छ ।
 
साथै उत्कृष्ट खेलाडी,डिफेन्डर,मिड फिल्डर, हाई स्कोरर र गोलकिपरलाई जनही नगद रु. पाँच हजार पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा टिम दर्ता शुल्क रु.७००० प्रति टिम रहनेछ ।
 
प्रतियोगिता को मूख्य प्रायोजक हिडन क्लब एण्ड लाउन्ज र युवा व्यावसायी श्री समिर खान रहेका छन् । त्यसैगरी प्रथम पुरस्कार प्रायोजक लोक कवि अलिमिया ज्युका नाति तथा समाजसेवी श्री हिक्मत अलि मिया र दोस्रो पुरस्कार प्रायोजक पोखरा महानगरपलिका - १३ का वडाअध्यक्ष लेख बहादुर तामाङ (दर्शन लामा) रहेको छ।
 
प्रतियोगितामा करिब ५० समुहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि आठ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
Post Comments