News गुरुङ बिराटनगरका प्रशिक्षक
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण खेल्ने तयारीमा रहेको बिराटनगर सिटी फुटबल क्लबले बिष्णु गुरुङलाई आफ्नो नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

स्मरण रहोस, गुरुङले हालै सम्पन्न कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको जिम्मेवारी समेत सम्हालेका थिए । त्यस्तै उनी यसै बर्ष नेपालको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा समेत नियुक्त भएका थिए ।

यसअघि गत संस्करणमा बिराटनगर सिटी एफसीको जिम्मेवारी भारतीय प्रशिक्षक यान ल ले सम्हालेका थिए । क्लबले यसअघि नै पहिलो संस्करण कै रजिन धिमाललाई यस संस्करणमा पनि मार्की खेलाडीका रुपमा निरन्तरता दिने घोषणा गरिसकेको छ ।

चैत्र अन्तिम सातादेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगमा यस वर्ष थप नयाँ तीन क्लबहरु गरि कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्ने छन् । सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

Post Comments