News गौतम बुद्ध क्वाटरफाइनलमा
सुरज राना मगर

नर्सही । गौतम बुद्ध सिद्धार्थ क्लब, बर्दघाट यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ आशा स्मृति युवा क्लब, साहुमारालाई ५–२ ले हराउँदै गौतम बुद्ध क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा गौतम बुद्धका महेश आले म्यान अफ द म्याच चुनिए । उनलाई सुस्ता–४ का वडा सदस्य निल बहादुर गुरुङले ट्रफीसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत फागुन १९ गते बिहीबारको खेल कोटहीमाई युवा क्लब, भिमटाँडी र बि.पी. स्मृति युवा क्लब, माकरबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको संयुक्त व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

 

 

Post Comments