News
रेजर्सको मार्की प्लेयर कुथु, कोच महर्जन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन काठमाडौं रेजर्सले पनि आफ्ना खेलाडीमा बिकेश कुथुलाई नै निरन्तरता दिएको छ । त्यस्तै प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।
क्लबले बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो मार्की प्लेयर र कोच सार्वजनिक गरेको हो । यसअघि झापा एफसीले अन्जन बिष्ट, धनगढी एफसीले बिशाल राई र बिराटनगर सिटी एफसीले रजिन धिमाललाई आफ्नो मार्की खेलाडीका रुपमा घोषणा गरिसकेको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्टको आयोजनामा नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी चैत्र महिनादेखि शुरु हुँदैछ । यसपटक सुपर लिगमा तीन नयाँ टोली थप गरि कुल १० टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने पनि तय भईसकेको छ ।
Post Comments