News सुपर लिगको खेलाडी लिलामी निर्धारित मिति मै हुने
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडीहरुको खरिद प्रक्रिया (लिलामी) निर्धारित मिति मै हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सुपर लिग (एनएसल) का प्रमुख कार्यकारी सुदिप शर्माले खेलाडीहरुको लिलामी तोकिए कै मितिमा हुने बताए । साथै उनले सो लिलामी कार्यक्रम शुक्रबार सोल्टी होटलमा हुने समेत पुष्टी गरे ।

स्मरण रहोस, यसअघि ए डिभिजन लिगका आठ क्लबहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै आफ्नो क्लबमा आवद्ध भएका खेलाडीहरुलाई आफूहरुको अनुमति बिना लिलामीका लागि सूचीकृत गरिएकोमा असन्तुष्टी पोखेका थिए ।

यी र यस्तै अड्कलबाजीका कारण नेपाल सुपर लिगको खेलाडी लिलामी तोकिएकै मितिमा नहुने हो कि भन्ने अन्यौलता पनि थाएको थियो । यद्यपि एनएसएलका आयोजकले सो लिलामी निर्धारित मिति मै हुने पुष्टी गरेको छ ।

स्मरण रहोस, यसपटक सुपर लिगमा सहभागि टोलीहरुको संख्या बढाएर ७ देखि १० पुर्याइएको छ । साथै लिलामीका लागि कुल २४२ खेलाडीहरुलाई तीन तहमा वर्गिकरण गरि लिलामीका लागि सूचीकृत समेत गरिएको छ ।

Post Comments