News गोलबजार मिल्स गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

रानी । गोलबजार प्रतिभा फुटबल क्लब, सिराहा यहाँ जारी दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा एपिएफ, पकलीलाई सडन डेथमा ६–५ ले हराउँदै गोलबजारले सेमिफाइनलमा स्थान बनाएको हो । त्यसअघि बिराटनगर जुट मिल्सको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा गोलबजार प्रतिभाका गोलरक्षक निश्चल मोक्तान म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी डा. रंजित राज बस्नेतले पुरस्कार वापत नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १५ गते मंगलबारको पहिलो सेमिफाइनल खेल साईनो स्पोर्टस क्लब, रानी मोरङ र गोधुली क्लब, धरान, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, रानी बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments