News द रियल ब्रदर्शका खेलाडी र सहयोगीदाता सम्मानीत (फोटो फिचर)
गोपाल काफ्ले

पथरी । ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ विजेता द रियल ब्रदर्श फुटवल क्लवले खेलाडी र सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।

साविकको उपविजेता द रियल ब्रदर्शले यो सिजनको सबै खेल जिताउन सफल खेलाडी कोच म्यानेजर र सहयोगीदाताहरुलाई सम्मान गरेको हो ।

द रियल ब्रदर्श क्लवले चैत्र ११ गते पत्रकास सम्मेलनको आयोेजना गरि स्थानिय खेलाडीहरुलाई ब्यावसायीक बनाउन केहि सहयोग हुने उदेश्यका साथ आफ्नो क्लव लिगमा सामेल भएको र आउदा दिनमा समेत निरन्तरता दिने क्लवका अध्यक्ष संजोग राईले बताए । राई पत्रकार सम्मेलनमा खेलाडीको हौसला बढाउन पुरस्कार बापतको रकम समेत खेलाडीलाई बोनस दिने जानकारी दिए ।

क्लवले गएको सिजनमा ६ लाख ५० हजार खर्च भएको र हालको प्रतियोगितामा ७ लाख ५० हजार खर्च भएको हिसाव सार्वजनीक गरेको छ । क्लवले खेलाडी खरिदमा मात्रै १ लाख २६ हजार खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

त्यस्तै आयमा सहयोगीदाताबाट ३ लाख ५ हजार र पुरस्कारबाट २ लाख ५१ हजार गरि ५ लाख ५६ हजार आय सार्वजनीक गरेको छ ।

 

 

Post Comments