दमक । दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङका लागि पहिलो हाफको २९औं मिनटमा आफिज ओलावालेले गरेको एक मात्र गोल टोलीलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता ओलावाले खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत चैत्र १६ गते बुधबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही बीच हुने आयोजकले जनाएको छ ।
दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा